नियम १४
कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था

(१) कर्मचारीको कार्य सम्पादन मूल्याड्ढन गर्दा राजपत्र अनङ्कित कर्मचारीको हकमा नियमावलीको अनूसुची–१५ र राजपत्राङ्कित कर्मचारीको हकमा नियमावलीको अनुसूची–१५क. बमोजिमको कार्य सम्पादन मूल्याङ्कन फाराम प्रयोग गरिनेछ र सोही फाराममा उल्लिखित आधार अनुरुप मूल्याङ्कन गरिनेछ ।

(२) कार्य सम्पादन मूल्याङ्कनको लागि सुपरिवेक्षक र पुनरावलोनकर्ता नियमावलीको नियम ७८ को उपनियम (२) बमोजिम हुनेछन् ।

तर उच्च अदालतका राजपत्राड्ढित तृतीय श्रेणी र द्वितीय श्रेणीका कर्मचारीहरु र जिल्ला अदालतका सबै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनकोे लागि सुपरिवेक्षक पनरावलोकनकर्ता अनुसूची–५ बमोजिम हुनेछन् ।

(३) विभिन्न समूहका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरु र जिल्ला अदालतका राजपत्र अनङ्कित कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनको प्रयोजनको लागि अनुसूची–६ बमोजिमको पुनरावलोकन समिति रहनेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायमा विशिष्ट श्रेणीको पद रिक्त रहेको अवस्थामा त्यस्तो निकायका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी तथा सो निकाय अन्तर्गतका विभागीय प्रमुखको सुपरिवेक्षक र पुनरावलोकनकर्ता तथा पुनरावलोकन समितिमा सम्बन्धित विशिष्ट श्रेणीको हैसियतले गर्ने काम सेवाभित्रका विशिष्ट श्रेणीका अधिकृतमध्ये प्रधान न्यायाधीशले तोकेको अधिकृतले गर्नेछ ।